कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि बागमती किनारमै शव जलाउन थालिएको छ । संक्रमितको शव व्यवस्थापन गर्दै आएको सेनाले दैनिक २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्दै आएको बताएको छ । विद्युतीय शवदाहगृहमा संक्रमितको शव व्यवस्थापन गरिँदै आएकोमा चाप बढेपछि बागमती किनार प्रयोग गर्न थालिएको हो ।