१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १८ शनिबार
  • Wednesday, 26 June, 2024
२o७८ बैशाख १८ शनिबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट बाग्लुङका एक युवाको चितवनमा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १८ शनिबार १o:५८:oo

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाग्लुङका एक युवाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेका एक पुरुषको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यही वैशाख १० गते कोरोना पुष्टि भएका युवालाई वैशाख १४ गते अस्पतालमा भर्ना गरिएको भरतपुर अस्पतालले        विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  उनको वैशाख १६ गते भेन्टिलेटरमा राखी उपचार गराइएको अवस्थामा शुक्रबार साँझ मृत्य भएको अस्पतालले जनाएको छ । मृत्यु भएका युवा लामो समयदेखि चितवनमै बस्दै आएको पारिवारिक स्राेतले जनाएको छ । 

यो सँगै बाग्लुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । सरकारले कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै सचेत अपनाउन आग्रह गरेपछि अझै विभिन्न भोजभतेर, विवाह, उत्सवजस्ता क्रियाकलाको भिडभाडले झनै जोखिम बढ्दै गएको हुँदा सर्वसाधारणले स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

ad
ad
ad
ad