सत्तारुढ एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ । बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । गत ६ वैशाखमा सुरु भएको बैठकमा ओली र पोखरेलले प्रस्ताव पेस गरेका थिए ।
बैठकमा स्पष्टीकरण सोधिएका २७ संघीय सांसद र पाँच प्रदेश सभा सदस्यमाथि गर्ने कारबाहीको विषयमा समेत छलफल हुने एक नेताले जानकारी दिए । स्पष्टीकरणको जवाफ सबै सांसदले दिइसकेका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभावन प्रस्तावमाथि पनि छलफल हुने भएको छ ।