१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ बैशाख १० शुक्रबार १२:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धरापमा : माधव नेपाल 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ बैशाख १० शुक्रबार १२:३२:००

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धरापमा परेको आरोप लगाएका छन् । शुक्रबार बिहान जनकपुरमा एमाले खनाल–नेपाल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले देश र एमालेको समस्याको मूल जड ओलीको व्यक्तिवाद, गुटवाद, मनपरीतन्त्र, अहंकार र निरंकुश प्रवृत्ति नै रहेको बताए । काठमाडौंमा ओलीसँग भएको भेटको प्रसंग उठाउँदै नेपालले सत्ता टिकाउन आफूसँग अनुनयविनय गरेको बताए । 

‘भेटमा प्रधानमन्त्री ओलीले मलाई सहयोग गर्नुस्, सत्ता टिकाइदिनुस् भनेर अनुनयविनय गर्नुभयो,’ नेपालले भने, ‘मैले भनेँ– तपाईं आफूलाई सुधार गर्नुस्, सहयोग गर्न तयार छु । तर, बालुवा पेलेर तेल निस्किँदैन भनेजस्तै ओलीलाई जति गरे पनि सुध्रिने देखिँदैन । त्यसकारण पार्टी, समाज, लोकतन्त्र, संघीयता, गणन्त्रलाई बचाउन राष्ट्रिय अभियानमा जुटेका छौँ ।’ 
एमालेमा आफूहरूको ६० प्रतिशत बहुमत हुँदा आफूसहित केही साथीहरूलाई कारबाही गरेर ओलीले पार्टी र संगठनको विधान, विचार र कम्युनिस्ट आन्दोलनको बर्खिलाप गरेको नेपालको भनाइ छ । 

पार्टी निर्माण गर्नेलाई कारबाही गरिने दम्भ ओलीले देखाएको उल्लेख गर्दै नेता नेपालले भने, ‘मैले नै ओलीलाई पार्टीमा स्थापित गरेँ, पोलिटब्युरो सदस्य बनाएँ, तर आज मलाई नै कारबाही गर्न हिँड्या छन् । हामीहरू पार्टी छोडेर कहीँ जादैनौँ, बरु पार्टीका लाइन, विचार, विधानलाई लत्याएर हिँड्ने, बाटो बिराएकाहरूलाई सच्याएर ठीकठाक गर्ने अभियानमा लागेका छौँ । ओलीको यातना, दम्भ, अहंकारले पीडामा रहेका नेता तथा कार्यकर्ताहरूलाई सँगै लिएर अभियानलाई उत्कर्षमा पु¥याउँछौँ ।’