
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले सानदार जित निकालेको छ । नेपालले नेदरल्यान्ड्सलाई शनिबार ९ विकेटले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि डेब्यु गरिरहेका कुशल र आसिफले ११६ रनको साझेदारी गरेपछि नेपालले १५ ओभरमै लक्ष्य पूरा गरेको हो । यो साझेदारी टी–२० मा नेपालको सबैभन्दा ठूलो साझेदारी हो ।