नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन् । गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् ।
राष्ट्र, लोकतन्त्र र संविधानविरोधी काम गरेका ओलीलाई विगतका पार्टीबाट कानुनअनुसार हटाएको स्मरण गर्दै प्रचण्डले निर्वाचन आयोगले निर्णय नगर्दा समस्या भएको स्मरण गरे ।
प्रचण्डले अब छिट्टै ओलीलाई हटाउने जिकिर गरे । प्रतिनिधिसभा पुनर्स्थापनापछि तुरुन्त प्रधानमन्त्रीबाट हट्नुपर्नेमा लाज पचाएर ओली पदमा बसिरहेको प्रचण्डको भनाइ छ ।