१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ चैत २३ सोमबार १४:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दल फेरेर मन्त्री बनेका आङबुहाङलाई माओवादी केन्द्रले सांसदबाट हटायो

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ चैत २३ सोमबार १४:१९:००

दल फेरेर प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका टंक आङबुहाङ (लिम्बू)लाई माओवादी केन्द्रले सांसदबाट हटाएको छ । प्रदेश १ सभा माओवादी केन्द्रको संसदीय दलले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सांसद पदमा नरहने गरी बर्खास्त गरेको नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । 

आङबुहाङले पार्टी र दलको अनुमतिविना अर्को दलमा गएर मन्त्री बन्नु प्रदेश १ सभा संसदीय दलको विधान, राजनीतिक दलसम्बन्धी ऐनको प्रतिकूल भएकोले कारबाही गर्न बाध्य भएको आङ्बोले बताए । 

ताप्लेजुङ (ख)बाट विजयी प्रदेश सांसद आङबुहाङ माओवादी केन्द्र संसदीय दलको नेता थिए । पछि एमाले माओवादी केन्द्रको एकता भएपछि उनी नेकपा संसदीय दलको उपनेता बनेका  थिए ।

माओवादी अध्यक्ष प्रचण्डनिकट मानिँदै आएका आङबुहाङले प्रदेश १ सरकारमा सिनियरको नाताले आफू मन्त्री हुनुपर्ने तीव्र आकांक्षा राख्दै आएका थिए । तर, पार्टी भित्रको सन्तुलनले गर्दा उनी मन्त्री हुनबाट वञ्तित भएका थिए ।

मन्त्री हुन नपाएपछि उनले वेला–वेला आफूलाई प्रदेशको वैकल्पिक मुख्यमन्त्रीका रूपमा पनि चर्चामा ल्याउने गरेका थिए । पछिल्लो समयमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदा आफूलाई मुख्यमन्त्री र दलको नेताका रूपमा प्रस्ताव नगरेको भन्दै उनी रुष्ट बनेका थिए । उनले गत २८ फागुनमा एमाले केन्द्रीय सदस्यको शपथग्रहण गरेका थिए । 

मुख्यमन्त्री शेरधन राईले आङबुहाङलाई पुरस्कारस्वरूप १३ चैतमा विस्तार गरेको मन्त्रिपरिषदबाट प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका थिए ।