मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत १८ बुधबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ चैत १८ बुधबार १८:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकाको सडक व्यवस्थापनका लागि सिएमटी परिचालन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ चैत १८ बुधबार १८:२२:oo

उपत्यकाको सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको छुट्टै टोली परिचालन गरिने भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक कार्यक्रम गरी उपत्यकाको सडक व्यवस्थापनका लागि करिडोर सडक व्यवस्थापन टोली (सिएमटी) परिचालन गर्ने बताएको हो ।

करिडोरलाई २४ खण्डमा विभाजित गरी करिडोर क्लियरेन्सका लागि १७ टोली गठन गरी परिचालन गरिने भएको छ । टोलीको पहिचानका लागि ट्राफिक प्रहरी सिएमटी लेखिएको ज्याकेट लगाएर १५ वटा मोटरसाइकलबाट ३० जनाले नियमित अनुगमन गर्नेछन् ।

मुख्य करिडोरहरू विष्णुमती, बागमती, धोबीखोला र मनोहरा करिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागू गर्न सो टोली परिचालन गरिएको साथै करिडोर सडकहरूमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रूपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित छुट्टै टोली परिचालन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताए । 

उक्त टोलीले सवारीचालकहरूलाई आफ्नो गन्तव्यसम्म पुग्नका लागि छोटो र सहज तरिकाले करिडोर सडक प्रयोग गर्न प्रोत्साहित गर्नेसमेत जनाइएको छ । मुख्य सडकको चोक, जक्सनको क्युमा बस्नुपर्ने विकल्पको रूपमा कोरिडोर सडक प्रयोग गरी समय तथा इन्धनको समेत बचत हुने अपेक्षा ट्राफिक प्रहरीले गरेको छ । महाशाखाले बुधबार आर्थिक प्रलोभनमा नपरी इमानदार भएर काम गरेका भन्दै ३६ जना ट्राफिक प्रहरीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ ।