मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत ९ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत ९ सोमबार १५:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख सापकोटा भन्छन्– प्रधानमन्त्रीसँग समय मागेको छु, छिट्टै भेट हुन्छ होला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत ९ सोमबार १५:४५:oo

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीसँग भेट्न समय मागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित कार्यकक्षमै पत्रकारहरूसँग कुरा गर्दै सभामुखले भने, ‘प्रधानमन्त्रीज्यूसँग भेट्नका लागि समय मागेको छु, छिट्टै भेट हुन्छ होला ।’

भेटका लागि समय मागे पनि प्रधानमन्त्रीले खबर नपठाएको उनको भनाइ छ । सरकारले बिजनेस नदिँदा सदनले प्रभावकारी ढंगले काम गर्न नसकिरहेका वेला सभामुखले प्रधानमन्त्रीसँग बसेर छलफल गर्न समय मागेका छन् ।

उपसभामुखको निर्वाचनका लागि पनि आफूले पहल गरिरहेको सभामुखको भनाइ छ । ‘उपसभामुखको निर्वाचन पार्टीको बीचमा सहमति नभएपछि अघि बढ्दैन नि । मैले त बल गरिररहेको छु । मलाई नै सजिलो हुन्छ । दुईजना भएपछि छलफल, अन्तत्र्रिmया हुन्छ । एकजनाभन्दा दुईजनाले सोच्दा फरक हुन्छ । मैले पहल गरिरहेको छु,’ सापकोटाले भने  ।