१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत ७ शनिबार ०८:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङबाट ज्यान गुमाएका विनोदको परिवारलाई प्रशासनद्वारा दुई लाख सहयोग

Read Time : < 1 मिनेट
२०७७ चैत ७ शनिबार ०८:२९:००

चट्याङ लागेर ज्यान गुमाएका विद्यार्थीको परिवारलाई प्रशासनले दुई लाख सहयोग गरेको छ । क्व्होलासोंथर गाउँपालिका ४ भुजुङका १८ वर्षीय विनोद विश्वकर्माको परिवारलाई प्रशासनले दुई लाख सहयोग गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, डिएसपी गंगाबहादुर थापाको टोलीले मृतक विनोदको घरमै पुगेर उनका बुवा टीकाराम विश्वकर्मा र आमा जमुना विश्वकर्मालाई नगद हस्तान्तरण गरेका हुन् ।

मृतकका परिवारलाई जिल्ला विपत् व्यवस्थापन समिति लमजुङबाट राहत प्रदान गरिएको प्रजिअ शर्माले बताए । यस्तै मृतकका परिवारलाई क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले गाउँपालिकाको तर्फबाट १० हजार रुपैयाँ राहत सहयोग गरेका छन् ।

त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विश्वकर्माको मंगलबार दिउँसो चट्याङका कारण मृत्यु भएको थियो । चट्याङ लागेर घाइते भएका विश्वकर्मालाई हेलिकाेप्टरबाट उद्धार गरी पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।