१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ३ मंगलबार
  • Saturday, 28 September, 2024
२o७७ चैत ३ मंगलबार १२:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्राध्यापक श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ चैत ३ मंगलबार १२:३२:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राध्यापक माणिकलाल श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति पुर्‍यfएको बताएका छन् । सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले प्राध्यापक श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

उनले लेखेका छन् ‘नेपालको कम्युनिस्ट आन्दोलनका धरोहर तथा प्राध्यापक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा भएको निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ । प्राध्यापक  श्रेष्ठको निधनले नेपालको सिंगो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दिवंगत प्राध्यापक श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त  गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजन तथा आफन्तजनप्रति समवेदना प्रकट गर्दछ ।’ श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहेका श्रेष्ठको उपचारकाे क्रममा आज बिहान निधन भएको हो ।