मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २९ शनिबार १०:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

६ दिनमै काठमाडाैं महानगरपालिकाका ३३ हजारभन्दा बढीले लगाए कोभिडविरुद्धको भ्याक्सिन 

मेयर शाक्यले गरे खोप केन्द्रको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २९ शनिबार १०:५३:००

काठमाडौं महानगपालिकाका ३३ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । फागुन २८ गतेसम्म ३३ हजार एक सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

उनले फागुन २८ गतेसम्म ३३ हजार १ सय ३७ जनाले खोप लगाएको बताए । ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई १० दिनसम्म खोप लगाउनका लागि काठमाडौं महानगरपालिका क्षेत्रभित्रका १४ स्थान तोकिएको भन्दै प्राथमिकतामा परेका सबैलाई खोप लगाउन पनि उनले आग्रह गरेका छन् ।  खोप लगाउनेमा  पुरुष १७ हजार ३ सय ८९ र महिला १५ हजार ७ सय ४८ रहेका छन्  ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खोप केन्द्रको अनुगमन गरेका छन् । उनीसहित प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको टोलीले बालाजुस्थित जनमैत्री अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी र ओम अस्पताल एन्ड रिसर्च सेन्टर चाबहिल केन्द्रको अनुगमन गरेका छन् । अनुगमनका लागि पुगेका शाक्यले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरे ।