१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार ०५:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकले नागरिक लगानी कोषको सेयर बिक्री गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार ०५:५३:००

नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहअन्तर्गतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता सेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले उक्त संस्थापक सेयरको न्यूनतम मूल्य १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकेर सेयर बिक्री गर्न लागेको हो ।

यस सेयरमा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सकिने जनाइएको छ । उक्त संस्थापक सेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरू मात्र सहभागी हुन सक्ने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ता कम्पनीले चैत १७ गते सम्ममा दररेट खुलाई सिलबन्दी बोलपत्र पेस गर्नुपर्ने जनाइएको छ ।