१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ बैशाख १९ बुधबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

फुङलिङमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१४:oo

हिमाली जिल्ला ताप्लेजुङको फुङलिङ नगरपालिका परिसरमा नेपाल बैंकले एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकले कोशी प्रदेशका स्थानीय तहमा तेस्रो काउन्टर सञ्चालनमा ल्याएको हो ।

नयाँ स्थापित शाखामार्फत कर्जाबाहेकका सेवा प्रवाह हुने बैंकको ताप्लेजुङ शाखाका प्रमुख वसन्धरा आचार्यले बताए । उनका अनुसार काउन्टरमार्फत दुई लाख रुपैयाँसम्मको भुक्तानी दिइनेछ । सोभन्दा बढी भुक्तानी लिनुपरेमा अग्रिम जानकारी गराउनुपर्ने उनले बताए ।

काउन्टरमा नगरपालिकामार्फत गठन हुने उपभोक्ता समिति र व्यक्तिगत दुवै किसिमका खातासमेत खोलिने बताइएको छ । ताप्लेजुङका तेल्लोक र सदरमुकाम दुईसहित कोशी प्रदेशमा ३८ शाखा विस्तार गरिरहेको नेपाल बैंकले स्थानीय तहमा तीन गरी आठ काउन्टर विस्तार गरेको छ । 

ad
ad