मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ फाल्गुण २३ आइतबार ०९:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माइक्रो र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई गम्भीर घाइते 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ फाल्गुण २३ आइतबार ०९:३६:००

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचामा गएराति सवारी ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

सुन्दरहरैँचा नगरपालिका– ८ को गोठगाउँ क्षेत्रमा पूर्वतर्फ आइरहेको बा.४ख ६९६ नम्बरको यात्रुबाहक माइक्रोबस र पश्चिमतर्फ जाँँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल  गएराति करिब एक बजे ठोक्किँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका– ११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारकाा लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो ।   

दुर्घटनामा परेर माइक्रोबसका चालक काठमाडौंका २८ वर्षीय गणेश थापा र सहचालक मोरङ बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । उनीहरूको विराटनगर मुनालपथस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।    प्रहरीका अनुसार माइक्रोमा सवार  १२ जना यात्रु सकुशल छन् ।