मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ फाल्गुण २१ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण २१ शुक्रबार १७:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रवक्ता शर्माको प्रश्न– राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण २१ शुक्रबार १७:३९:oo

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र विप्लव नेकपाबीच भएको तीनबुँदे सहमतिको स्वागत गर्दै हतियार बुझाउने बुँदा नभएकोमा प्रश्न गरेका छन् ।

शर्माले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!’

शर्माले थप लेखेका छन्, ‘नेपालको पुरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न– कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने वेला भएन कमरेडहरू ?’