मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण १९ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १९ बुधबार १७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार र विप्लव नेकपाबीच एकैदिन दुई चरणको वार्ता, समान धारणानजिक पुगेको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १९ बुधबार १७:४४:oo

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच एकैदिन दुई चरणको वार्ता भएको छ । बुधबार बिहान र साँझ वार्ता भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । 

उनका अनुसार दोस्रो चरणमा विषयकेन्द्रित वार्ता भएको छ । भट्टराईले भनेका छन्, ‘दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषयकेन्द्रित रह्यो । दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

सरकार र विप्लव नेकपाले दुई–दुई सदस्यीय वार्ता टोली गठन गरेका थिए । सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापाले गरेका छन् भने विप्लव नेकपाको वार्ता टोलीको नेतृत्व प्रवक्ता खड्कबहादुर विश्वकर्माले गरेका छन् । विश्वकर्माको नेतृत्वमा बनेको विप्लव नेकपाको वार्ता टोली सदस्यमा पूर्वजनसेनाका कमान्डर उदय चलाउने सदस्य छन् ।