१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ फाल्गुण १८ मंगलबार १५:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् पुनर्स्थापनाले ओलीको प्रतिगमन सच्चियो, अब संविधान संशोधन हुनुपर्छ : राजेन्द्र महतो

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ फाल्गुण १८ मंगलबार १५:१७:००

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले संसद् पुनर्स्थापनासँगै प्रधानमन्त्री केपी ओलीको प्रतिगमन सच्चिएको बताएका छन् । जसपा कञ्चनपुरद्वारा मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महतोले सर्वोच्च अदालतको फैसलाले ओलीको प्रतिगमन सच्चिएको बताएका हुन् । 

‘एकप्रकारको प्रतिगमन सच्चिएको छ,’ उनले भने, ‘अब अर्को प्रतिगमन सच्चिन बाँकी छ, त्यो हो, संविधान संशोधन ।’ कांग्रेस र कम्युनिस्टले खोक्रो राष्ट्रवाद देखाएको उनको आरोप छ । 

पूर्वमन्त्रीसमेत रहेका महतोले ओली नेतृत्वको सरकार जनतामारा भएको आरोप पनि लगाए । जसपा अहिले सरकारमा नजाने पनि उनले बताए । उनले संविधान संशोधन, टीकापुर काण्डमा जेलमा रहेका जसपा सांसद् रेशम चौधरीको रिहाइ हुनुपर्ने बताए । ‘जसपा त्यसै सरकारमा जाँदैन,’ उनले भने, ‘हाम्रा मुद्दा सम्बोधन हुने स्थिति भए मात्रै सरकारमा जान्छौँ ।’