मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण १३ बिहीबार
  • Wednesday, 09 July, 2025
किरण दहाल काठमाडौं
२o७७ फाल्गुण १३ बिहीबार १८:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसदहरूले पाउने भए पुसदेखिकै तलब

Read Time : < 1 मिनेट
किरण दहाल, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १३ बिहीबार १८:o३:oo

प्रतिनिधिसभा पुनर्स्थापनासँगै सांसदहरूले पुसदेखिकै तलब पाउने भएका छन् । गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि सांसदहरूको पारिश्रमिक रोकिएको थियो ।

पुसदेखि रोकिएको तलब सांसदहरूले अब एकमुस्ट पाउनेछन् । संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमला भन्छन्, ‘कानुनबमोजिम उहाँहरूले पाउने सुविधा पाउनुहुन्छ ।’

तर, सांसदहरूले उक्त तलब पाइसकेका छैनन् । फागुन महिनाको पारिश्रमिक पठाउँदा पुसदेखिकै तलब पठाउनेबारे छलफल भइरहेको सचिवालयका एक कर्मचारीले बताए । 

अहिले संघीय संसद्का सांसदहरूले मासिक ६४ हजार ७० रुपैयाँ तलब पाउँदै आएका छन् । मुख्य सचेतकको तलब ७० हजार सात सय ३० रुपैयाँ छ । संघीय संसद् विपक्षी दलको नेताको तलब पनि सत्तरी हजार सात सय ३० रुपैयाँ छ । 

संघीय संसद्का समिति सभापतिहरूको तलब ६७ हजार ३० रुपैयाँ छ । संघीय संसद सत्ता पक्षका सचेतकको तलब ६७ हजार ३० रुपैयाँ रहेको छ ।