१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १३ बिहीबार
  • Thursday, 04 July, 2024
२o७७ फाल्गुण १३ बिहीबार o९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

राक्सिराङले बनायो स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण १३ बिहीबार o९:१५:oo

संविधानले दिएको अधिकार प्रयोग गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुुस्तक तयार पारेको छ । राक्सिराङ सीमान्तकृत लोपोन्मुख चेपाङ जातिको बाहुल्य रहेको गाउँपालिका हो । 

उसले ‘मेरो राक्सिराङ’ र ‘हाम्रो राक्सिराङ’ नामको पाठ्यपुस्तक बनाएको हो । गाउँपालिकाले आगामी शैक्षिक सत्र ०७८ देखि गाउँपालिकाभरिका विद्यालयमा सो पाठ्यक्रम लागू गर्ने जनाएको छ । कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीले अनिवार्य अध्ययन गर्नुपर्ने गरी पाठ्यक्रम र पाठ्यपुुस्तक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । 

पुस्तकमा स्थानीय विशेषताबारे पाठ्यसामग्री
पुस्तकमा गाउँका पर्यटकीयस्थल, गाउँपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिकस्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावनालगायतका बारेमा उल्लेख छ । गाउँपालिकाको चारवटा विद्यालयमा नमुना कार्यक्रमका रूपमा यसै शैक्षिक सत्रदेखि कक्षा एकदेखि पाँच कक्षासम्म नै स्थानीय पाठ्यपुस्तक पठनपाठन सुरु भइसकेको मल्लले जानकारी दिए । 

खैराङको कालिका मावि, सिलिंगेको राष्ट्रिय मावि, सरिखेतको सूर्योदय मावि र चैनपुरको प्रजाकल्याण आधारभूत विद्यालयमा ‘मेरो राक्सिराङ’ पढाइ सुरु भइसकेको छ । गाउँपालिकाको सार्वजनिक महŒवको क्षेत्र, चट्याङ, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको सम्भाव्य क्षेत्र र त्यसको कारण, चेपाङ जातिले मनाउने चाडपर्व, उनीहरूका रहनसहन, वेशभूषा, भाषा, संस्कृति, गाउँपालिकाभित्र रहेका खोलानालाबारेका विषयसमेत पुस्तकमा समेटिएका छन् । 
 

ad
ad
ad
ad