मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण ११ मंगलबार
  • Wednesday, 09 July, 2025
२o७७ फाल्गुण ११ मंगलबार १o:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मध्यरातमा दम्पतीको अपहरण, हत्या भएको आशंका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण ११ मंगलबार १o:४६:oo

महोत्तरीको पिपरा गाउँपालिका– ५ का एक दम्पतीको मध्यरातमा अपहरण भएको छ । गएराति घरमा सुतिरहेका ६५ वर्षीय मुसिसिर झा र उनकी ६० वर्षीया श्रीमती गितादेवी झाको अपहरण भएको हो । 

घटनास्थलको प्रकृति हेर्दा मध्यरातमा पर्खाल नाघेर घरभित्र पसेका अपहरणकारीले दम्पतीलाई कुटपिट गरी घिसार्दै लगेको देखिएको छ । उनीहरू सुतेको कोठावरिपरि रगतको छिर्काहरू देखिएको छ । यसले गर्दा दम्पतीको हत्या पनि भइसकेको हो कि भन्ने प्रहरीको  आशंका  छ । 

घरको तल्लो तलामा सुतेकी झाकी कान्छी बुहारी उषा झा र नातिनातिना भने सकुशल रहेका छन् । बुहारी उषा झाले भनिन्, ‘आफू उठ्दा घरमा रगतका छिर्का देखे, बुबाआमा सुतेको ठाउँमा गएर हेर्दा त्यहाँ उहाँहरू दुवैजना नदेखेपछि छिमेकीलाई खबर गरेँ ।’

तत्काल छिमेकीले स्थानीय प्रहरीलाई खबर गरे पनि प्रहरी भने डेढ घन्टा बित्दा पनि घटनास्थल पुगेन । अहिले जिल्ला प्रहरी कार्यालयबाट एसपी टीकाबहादुर केसी र डिएसपी प्रकाश विष्टसहितको टोली पुगेर अनुसन्धान गरिरहेको छ  ।

घटनास्थलमा तालिमप्राप्त कुकर पनि लगिएको छ । प्रहरी घटनास्थलमा पुग्न ढिलाइ भएको भन्दै आक्रोशित आफन्तले हुलाकी राजर्मागको भिट्ठामोड–जनकपुर सडकखण्डको चहोडवा क्षेत्र अवरुद्ध गरेका छन् ।