१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १० सोमबार
  • Sunday, 06 July, 2025
२o७७ फाल्गुण १० सोमबार १६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानसेनापति थापा किन गए सर्वोच्च अदालत ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण १० सोमबार १६:४६:oo

प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेटवार्ता गरेका छन् । जबरा र थापाबीच जग्गासम्बन्धी विषयमा छलफल भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

सेनाको नेपाल क्याबलरी गणको भोगचलनमा रहेको नौ रोपनी भवनमा सर्वोच्च अदालतको नयाँ भवन बन्न लागेको र त्यसबारे छलफल तथा समन्वयका लागि प्रधानन्यायाधीशले बोलाएकोले थापा सोमबार दिउँसो सर्वोच्च अदालत गएको सेनाको भनाइ छ ।