१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अमुल थापा काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार १५:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालले खरिद गरेको कोभिसिल्ड खोप भारतबाट आइपुग्यो (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार १५:११:००

सरकारले कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । सरकारले २० लाख डोज खोपका लागि करिब ९३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । आइतबार दश लाख डोज कोभिसिल्ड खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । एयर इन्डियाको उडानमार्फत खोप ल्याइएको हो । सरकारले २३ फागुनदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो । २३ फागुनबाट ५५ वर्षमाथि उमेर समूहमा खोप लगाइनेछ । सरकारले विमानस्थलबाट खोप टेकुस्थित कोल्ड रुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गर्नेछ ।