१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तनहुँ जलविद्युत् आयोजनाले सेती नदीको दुवैतर्फ तटबन्ध लगाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:o१:oo

निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले सेती नदीको दुवैतर्फ तटबन्ध लगाउने भएको छ । नदीले धार परिवर्तन गर्दा बेलवासतर्फको बस्ती नै जोखिममा परेको भन्दै आयोजनासँग तटबन्ध लगाउन स्थानीयले माग गरेपछि दुवैतर्फ तटबन्ध लगाउन आयोजना सहमत भएको हो ।

बुधबार ऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित आयोजनाका प्रतिनिधि र स्थानीयबीच मन्त्रालयमा भएको छलफलमा सेती नदीको दुवै किनारामा तटबन्ध लगाउने सहमति भएको आयोजनाका प्रबन्ध सञ्चालक प्रदीप थिकेले बताए । बेलवासतर्फका स्थानीयले जोखिम बढ्यो भन्दै त्यसको संरक्षण गर्न तटबन्ध निर्माण गर्नका लागि आयोजनासँग माग गर्दै आएका थिए ।

आयोजनातर्फको नदी–किनाराको भागमा ग्याभिन तथा वाल निर्माण गरिएको थियो । पल्लोपट्टि किनारामा भने ग्याभिन लगाइएको थिएन । ‘स्थानीयले दुवैतर्फ ग्याभिन र वाल लगाउन आग्रह गरेपछि मन्त्रालयमा भएको छलफलले दुवैतर्फ तटबन्ध गर्ने निर्णय भएको हो । यो वर्ष जति सकिन्छ, त्यति काम गर्छौँ, बाँकी रहेको काम भने अर्को वर्ष सम्पन्न 
गर्नेछौँ,’ उनले भने । 

आयोजना निर्माणका क्रममा निस्किएको माटो किनारमा मात्रै थुपारिएको थियो । त्यसरी माटो एकातर्फ मात्रै थुपारेपछि सेती नदी साँघुरिएर बेलवास डुबानमा पर्ने भन्दै स्थानीयले असन्तुष्टि जनाएका थिए । निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले तटबन्ध लगाउने भएपछि त्यस क्षेत्रका स्थानीय खुसी भएका छन् ।

ad
ad