मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : अमुल थापा
२०७७ फाल्गुण ५ बुधबार १८:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

६ महिना पर धकेलियो कांग्रेस महाधिवेशन (भिडियोसहित)

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ५ बुधबार १८:२७:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशन ६ महिना पर धकेलिएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मितिको प्रस्ताव पेस गरेपछि बिहीबार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले भदौको ७ देखि १० गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी प्रस्ताव गरिएको जानकारी दिए । बैठकअघि बसेको शीर्ष नेताको बैठकले भदौको ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी साझा प्रस्ताव तयार गरेको थियो । ‘बैठकले केन्द्रीय समितिसँगै केन्द्रीय समिति, ७७ वटै जिल्ला कार्यसमिति, एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रीय समिति, तीन सय ३० प्रदेश समिति र सात सय ५३ वटा गाउँनगर समिति तथा वडा समितिहरुको कार्यकाल ६ महिनाका लागि थप गरेको छ,’ प्रवक्ता शर्माले भने, ‘त्यही मितिभित्र पूरा गर्ने गरी १४औँ महाधिवेशनको मिति र कार्यतालिकासमेत प्रस्ताव गरिएको छ ।’ 

कांग्रेसले संविधानको धारा २६९ को उपधारा (४) (ख) बमोजिम आगामी महाधिवेशनबाट पारित गर्ने गरी बैठकले विधान संशोधन गरेर ६ महिना कार्यकाल थप गरेको हो । गुटगत छलफलबाट महाधिवेशनका विषयमा साझा प्रस्ताव तयार गरी करिब तीन घन्टा ढिला गरी बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यकाल थप गर्ने, क्रियाशील सदस्यता नवीकरण, वितरण र छानबिन तथा महाधिवेशनको कार्यतालिकासम्मको प्रस्ताव गरेका छन् । महामन्त्री खड्काले ७ असारभित्र क्रियाशील सदस्यताको छानबिन टुंग्याउने र अन्तिम नामावली प्रकाशन गर्ने साझा प्रस्ताव गरेका हुन् । 

यस्तै, उनले २० असारमा गाउँ–नगर वडाको अधिवेशन गर्ने, २२ गते पालिकास्तरीय समितिको अधिवेशन गर्ने, २५ असारमा प्रदेश सभा क्षेत्रीय समितिको र २७ असारमा प्रतिनिधिसभा क्षेत्रीय समिति तथा एक मात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ३० असारमा गर्ने प्रस्ताव गरेका छन् । सात प्रदेश समितिको अधिवेशन साउन ६ गतेका लागि प्रस्ताव गरिएको छ । यस्तै भदौको ७, ८, ९ र १० गते काठमाडौंमा १४औँ महाधिवेशन गर्ने प्रस्ताव बैठकमा छलफलका लागि प्रस्तुत भएको प्रवक्ता शर्माले जानकारी दिए ।