१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण २ आइतबार २१:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित नौ पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण २ आइतबार २१:४६:oo

प्रहरीले सात दिनको कारबाहीपछि लागुऔषध कारोबारमा संलग्न नौजनासहित विभिन्न परिमाणमा लागुऔषध बरामद गरेको छ । 

पक्राउ पर्ने गोरखा अजिरकोट– २ का ३८ वर्षीय चिजकुमार गुरुङ, रौतहट मौलापुर– ९ का  २८ वर्षीय दुखाकुमार यादव, रौतहट फतुवा विजयपुर– २ का १९ वर्षीय अरबिन्द मुखिया, सुनसरी इनरुवा– ६ का ३५ वर्षीय गोपाल निरौला, सिन्धुपाल्चोकका ३२ वर्षीय मानबहादुर तामाङ, भारत बिहार प्रदेश वैशालीका ३० वर्षीय गोजिन्द पोद्दार, काभ्रे नमोबद्ध– ८ का ३३ वर्षीय सुवास श्रेष्ठ, बागबजारका ४० वर्षीया कमला लामा र काभ्रे तेमाल– ६ का ३६ वर्षीाय सीता रानामगर रहेका छन् । 

उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीको अनुसार उनीहरुबाट डाइजेपाम नौ सय ९२८ एम्पुल, बुप्रेनोर्फिन सात सय ८२ एम्पुल,  फेनारगन ६ सय ८४ एम्पुल र लुपिजेसिक ७६ एम्पुल बरामद भएको छ । प्रहरीको अनुसार उनीहरू एकै समूह बनाएर लागुऔषध कारोबार गर्दै आएका थिए ।