१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस/एएफपी नयाँदिल्ली
२o८१ जेठ १ मंगलबार १३:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

भारतको तमिलनाडुस्थित पटाका उद्योगमा आगलागी, १९ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएफपी नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ जेठ १ मंगलबार १३:५२:oo

भारतको एउटा पटाका उद्योगमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । आगलागीमा परी अरू केही व्यक्ति समेत घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

तमिलनाडु प्रदेशको भृदुनगरस्थित सो पटाका उद्योगमा शुक्रबार आगलागी भएको हो । स्थानीय अधिकारी आर कन्नानले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन् । उनका अनुसार केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने देखिएको छ । ‘घटनामा परी अरू ३४ जनाभन्दा बढी घाइते भएका छन्, उनीहरू सवैको उपचार भइरहेको छ, उनीहरूमध्ये केही व्यक्तिको शरीरका धेरै भाग जलेका छन्, त्यसैले उनीहरूको अवस्था गम्भीर छ,’ उनले भने । 

कन्नानले दिएको जानकारीअनुसार आगलागी भएका वेला उद्योगमा करिब ७४ जना मानिस थिए । स्थानीय सञ्चारमाध्यमहरूले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भइरहेको बताएका छन् । प्रहरीले उद्योगका बारेमा र आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।  

घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका छन् । उनले मृतकहरूका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत रकम दिने घोषणा गरेका छन् ।
 

ad
ad