१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण १ शनिबार ०८:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयोजना कर्मचारीको मृत्यु भएपछि सुपरदोर्दी ख को निर्माण कार्य बन्द    

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १ शनिबार ०८:३७:००

लमजुङको दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ख आयोजनाको निर्माण कार्य बन्द भएको छ । बिहीबार जिप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले शुक्रबार एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजनाका निर्देशक अर्जुन गौतमले बताए ।

बेँसीसहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जिप दोर्दी गाउँपालिका ६ सिमीताजेमा बिहीबार दुर्घटना हुँदा स्याङ्जा जिल्ला मिर्मी गाउँपालिका स्थायी घर भई जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर ३४ वर्षीय यदुनाथ भट्टराई, उदयपुर जिल्ला लिमजुडबुड गाउँपालिका– १ घर भएका २६ वर्षीय जिपचालक किशोर राई र तनहुँ जिल्ला भानु नगरपालिका–१० घर भएका आयोजना कर्मचारी ४५ वर्षीय प्रकाश लौडरीको घटनास्थलमै मृत्यु भएको थियो  । 

दुर्घटनामा परी सुनसरी जिल्ला स्थायी घर भई जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर ४० वर्षीय सुनीलकुमार शाह, दोर्दी गाउँपालिका–६ ताजे घर भएकी १५ वर्षीया अनु घले र दोर्दी गाउँपालिका–६ कै  १५ वर्षीया सुनिता विक घाइते भएका छन् । जिप सडकबाट करिब एक सय २० मिटर तल लोदोखोलामा खसेको थियो ।  

दोर्दी खोलामा पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ८२ प्रतिशत काम सम्पन्न भएको छ ।आयोजनाले ०७१ मा विद्युत खरिद सम्झौता–पिपिए गरी ०७२ असोज महिनाबाट निर्माण थालेको हो ।