१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ जेठ १ मंगलबार १२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

न्यायाधीश सिन्हाको प्रश्न– चुनावपछिको सरकारले फेरि विघटन गर्दियो भने ? 

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:४१:oo

न्यायाधीश अनिलकुमार सिन्हाले चुनाव भएपछि फेरि विघटन दोहोरिन सक्ने सम्भावना रहेको र त्यसो भएमा के हुने भनी प्रश्न गरेका छन् । संसद् पुनर्स्थापना हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेका रिटउपर बहस गर्ने क्रममा अधिवक्ता बाबुराम दाहाललाई उनले यस्तो प्रश्न गरेका हुन् । 

‘यदि चुनाव भयो, तर दुईतिहाइ मत प्राप्त भएन भने त्यो वेला विघटनको अधिकार हुन्छ कि हुँदैन ?’ उनले जिज्ञासा राखे । जवाफमा अधिवक्ता दाहालले विघटन भन्नेबित्तिकै डराउनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘हाम्रो कल्चर कस्तो भयो भने आफैँ पदमा पुर्‍याउने, आफैँ खुट्टा तान्ने, ? तर, सिन्हाले उनलाई प्रश्नभित्र रहेर बहस गर्न आग्रह गरे ।

न्यायाधीश सिन्हाले थपे, ‘चुनाव भएको एक–दुई महिनामा फेरि विघटन गर्छ भने देश कतातिर जान्छ ? हाम्रो संविधानको निष्कर्ष यही हो ? अधिवक्ता दाहालले जवाफमा भने, ‘जनताले पाँच वर्षका लागि म्यान्डेट दिएको, काम गर्न दिनुपर्छ । पहिला नै खुट्टा तान्छन् भन्ने छैन ।  मान्छेले गर्ने कामै होइन त्यो । त्यो फेरि यो अवस्था हुन्छ भन्ने छैन नि !’

ad
ad