१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २४ शनिबार
  • Sunday, 06 July, 2025
रामकुमार श्रेष्ठ नवलपरासी
२o७७ माघ २४ शनिबार १८:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराजा र केपी ओली एउटै पार्टीको अध्यक्ष भए पनि अनौठो मान्नुपर्दैन : योगेश भट्टराई 

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
नयाँ पत्रिका नवलपरासी
२o७७ माघ २४ शनिबार १८:४६:oo

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र र प्रधानमन्त्री केपी ओली भोलि एउटै पार्टीको अध्यक्ष भए पनि कुनै अनौठो मान्नु नपर्ने बताएका छन् । पूर्वीनवलपरासीको कावासोतीमा आफूनिकट युवा तथा विद्यार्थीहरूको जिल्लास्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्र्दै भट्टराईले ओलीको पछिल्लो साँठगाँठ र गतिविधि शंकास्पद रहेको बताएका हुन् । 

भट्टराईले अझै पार्टी एकताको सम्भावना कायमै रहेकोमा जोड दिँदै पद र व्यक्तिवादी चरित्रलाई भन्दा तीन करोड नेपालीको सपनालाई ध्यान दिएर पार्टी एकता हुन कुनै समस्या नरहने बताए । नेपाली जनताले आफ्नो सपना पूरा गर्ने कम्युनिस्ट पार्टीलाई झन्डै दुईतिहाइ बहुमत दिएको जिकिर गर्दै भट्टराईले प्रधानमन्त्री ओली आफ्नै कारणले समस्यामा परेको बताए ।उनले भने– ‘नारायणहिटीअगाडिको भेला कुनै उत्सव होइन, त्यो मलामीहरूको भेला हो, त्यसको अगुवाइ प्रधानमन्त्री ओलीले गरिरहेका थिए ।’ 

नारायणहिटीअगाडिको प्रदर्शनमा सरकारले शक्तिको दुरुपयोग गरेको उनको आरोप छ । भट्टराईले सर्वोच्चले संसद् पुनस्र्थापना गर्नुपर्ने र निर्वाचन आयोगले नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्यताका आधारमा पार्टीको आधिकारिता र सूर्य चुनाव चिह्न दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा, अनेरास्ववियुका केन्द्रीय सहसंयोजक रञ्जित तामाङलगायतले ओलीको प्रतिगामी कदमको विरुद्ध सशक्त रूपमा लाग्नुपर्नेमा जोड दिएका थिए ।