१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २३ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २३ शुक्रबार १४:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मांसाहारी आन्दोलन गर्नेलाई ‘जु’मा लगेर बन्द गरिनेछ : गृहमन्त्री थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २३ शुक्रबार १४:२५:oo

गृहमन्त्री तथा नेकपा केपी ओली समूहका सचिवालय सदस्य रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेहरूलाई जावलाखेलको जु (चिडियाखाना)मा लगेर बन्द गरिने बताएका छन् ।ओली समूहले काठमाडौंमा गरेको जनसभामा थापाले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै मांसाहारी आन्दोलन गर्नेहरूलाई जुमा लगेर बन्द गरिने बताएका हुन् ।

उनले मांसाहारी आन्दोलन गरेर मांसाहारी तरिकाद्वारा नेतृत्वलाई अपदस्त गरिनेछ भन्दै घोषणा गर्दै हिँडिरहेको भन्दै मांसाहारी आन्दोलन गर्नेलाई संविधान र कानुनले अपराध घोषित गरेको बताए । 

केपी समयअघि प्रचण्डले नेकपाका युवाहरूलाई सम्बोधन गर्दै प्रतिगमनविरुद्धको आन्दोलनलाई सशक्त बनाउन मांसाहारी आन्दोलन आवश्यक रहेको बताएका थिए । यद्यपि प्रचण्डले आफूले हिंसात्मक आन्दोलनको कुरा नगरेको स्पष्ट पारिसकेका छन् । 

गृहमन्त्री थापाले प्रतिगामी र अवसरवादी तत्वहरूले नेतृत्वलाई अपदस्त गर्न सबै प्रकारको षड्यन्त्र र भ्रमको सहारा लिँदै गइरहेको पनि बताए ।