१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एघार महिनापछि खुल्यो राइनासकोट होमस्टे 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:४६:oo

कोभिड– १९ का कारण बन्द रहेको लमजुङको राइनासकोट होमस्टेमा एघार महिनापछि पर्यटकका लागि आगमन खुला गरिएको छ । गत चैतदेखि बन्द गरिएको नेपालको उत्कृष्ट तथा नमुना राइनासकोट होमस्टे ११ महिनापछि खुला गरिएको हो । 

‘एघार महिनासम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गरिएको होमस्टे व्यवस्थापन समिति अध्यक्ष खड्कबहादुर गुरुङले बताए । उनले भने, ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर पाहुनालाई स्वागत गरिएको छ ।’ लकडाउनसँगै घरवास व्यवसाय संकटमा परेकाले पर्यटकका लागि होमस्टे खुला गरिएको गुरुङको भनाइ छ । 

उनका अनुसार राइनासकोट आउने पर्यटक र स्थानीयले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । होमस्टे सञ्चालन भएका घरमा साबुन, पानी र स्यानिटाइजर व्यवस्था गरिएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल राइनासकोटमा चैतयता पर्यटक आगमन बन्द थियो ।

होमस्टे खुलाए पनि विगतमा जस्तो सामूहिक स्वागत नगरी घरघरमै पाहुनाको स्वागत गर्ने होमस्टे व्यवस्थापन समितीका उपाध्यक्ष विष्णुमाया गुरुङले बताइन् ।  समितिले प्रतिव्यक्ति नाै सय रुपैयाँको प्याकेज बनाएको छ । ९ सय रुपैयाँमा  बेलुकीको खाना, बास र बिहानको खाजा उपलब्ध हुनेछ । 

एक हजार आठ सय मिटर उचाइमा रहेको राइनासकोट होमस्टेबाट कास्की, तनहुँ, गोरखा, चितवन, धादिङ, नवलपरासीलगायतका १६ वटा जिल्ला देख्न सकिने स्थानीय समाजसेवी कृष्णराज ओलियाले बताए ।राइनासकोटमा पुराना घरलाई पौराणिक महत्व झल्काउन पहिलैकै स्वरूपलाई सुरक्षितसँग राखिएको छ भने गुरुङ जातिको बस्ती रहेको उक्त गाउँमा स्थानीयको कला, संस्कृतिलाई जोगाउन संग्रहालयसमेत स्थापना गरिएको छ । 

लमजुङको प्रवेशद्वारा पाउँदीबाट तीन घन्टाको पैदल यात्रा र दुई घन्टाको सवारी यात्रापछि राइनासकोट पुग्न सकिन्छ । लमजुङ जिल्लाको राइनासकोट शाहवंशीय राजाको उदगमस्थल हो । राइनसकोट नेपाल एकीकरणको सुरुको बिन्दु र प्राकृतिक रूपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ रहेको ओलियाले बताए ।

भूकम्प प्रतिरोधात्मक घर एउटै डिजाइनमा निर्माण गरिएको छ । ०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक तथा धार्मिक महत्व बोकेको राइनासकोटमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनर्निर्माणसँगै घरवनस सुरु गरिएको थियो । 

राइनासकोटबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रेका साथै धवलागिरिजस्ता हिमालको एकसाथ अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । नेपालका बाइसे–चौबिसे राज्यकालमा तत्कालीन राजकुमार द्रव्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर हुँदै दूधपोखरीमार्ग र त्यहाँबाट झन्डै २० मिनेटको सिँढी उक्लनुपर्छ । 

ad
ad