१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ १६ शुक्रबार १६:०३:००
Read Time : < 1 मिनेट
समाचार

सहिदको सालिकमुनि सुतेर विरोध 

Read Time : < 1 मिनेट
२०७७ माघ १६ शुक्रबार १६:०३:००

प्रतिनिधिसभा विघटनविरुद्ध शृंखलाबद्ध आन्दोलन गरिरहेको नागरिक आन्दोलनले टेकुस्थित पचलीघाटमा सहिद शुक्रराज शास्त्रीको सालिकमुनि विरोध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शिल्पी थिएटरले नाटक प्रस्तुति पनि गरेको थियो । 

कार्यक्रममा लेखक नारायण ढकाल, रश्मिला रञ्जित, यादवलाल कायस्थले मन्तव्य प्रस्तुत गरेका थिए भने जुजुकाजी रञ्जित र पवित्रा कसा:ले गीत तथा कविता प्रस्तुत गरेका थिए । साथै सहिद शास्त्रीको सालिकमुनि भुइँमा सुतेर आन्दोलनकर्मीले एक मिनेट मौनधारण गरेका थिए ।