१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद

टेस्टमा छिटो दुई सय विकेट लिने रावडा तेस्रो खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका कराँची
२o८१ बैशाख २२ शनिबार २o:४२:oo

दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो रावडा टेस्ट क्रिकेटमा छिटो दुई सय विकेट लिने तेस्रो बलर बनेका छन् । कराँचीमा चलिरहेको पाकिस्तानविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा रावडाले यो उपलब्धि हात पारेका हुन् ।

उनले ४४ टेस्टमा आठ हजार एक सय ५४ बल फ्याँक्दै दुई सय विकेट हात पारेका हुन् । टेस्टमा कम खेलमा दुई सय विकेट लिने रेकर्ड पाकिस्तानका स्पिनर यासिर साहको नाममा छ । उनले केवल ३३ टेस्टमा दुई सय विकेट संख्या पु¥याएका हुन् । 

त्यसपछि दोस्रो स्थानमा दक्षिण अफ्रिकाकै अर्का फास्टबलर डेल स्टेन छन् । उनले ३९ टेस्टमै सो उपलब्धि चुमेका हुन् । टेस्ट फम्र्याटमा सबैभन्दा कम बलरमा दुई सय विकेट लिने बलर पाकिस्तानका पूर्वकप्तान वकार युनिस हुन् । उनले सात हजार सात सय ३० बलमा यो सफतला हात पारेका थिए । डेल स्टेनले दुई सय विकेट पूरा गर्न सात हजार आठ सय ४८ बल फ्याँकेका छन् । 

रावडाले स्ट्राइक पक्षमा सबैलाई पछि पारेका छन् । उनले अहिलेसम्म ४०.९ को स्ट्राइक रेटमा बलिङ गरेका छन् । डेल स्टेनले ४९.३ स्ट्राइक रेटमा बलिङ गर्दै दुई सय विकेट लिएको एजेन्सीहरूले जनाएका छन् । टेस्ट खेलमा अस्ट्रेलियाका मिचेल स्टाकले ४९.३ तथा नेल वंगरले ५१.९ स्ट्राइक रेटमा बलिङ गर्छन् । सन् २०१८ को सिजनमा उनले दुवै इनिङ्समा गरी दश विकेट लिएका थिए । 

दक्षिण अफ्रिकामा रावडा टेस्ट खेलमा सबैभन्दा धेरै विकेट लिने आठौँ बलरका रूपमा स्थापित भएका छन् । डेल स्टेनले ९३ टेस्टमा सर्वाधिक चार सय ३९ विकेट हात पारेका छन् । यसैगरी साउन पोलाकले चार सय २१ तथा एलान डोनाल्डले तीन सय ३० विकेट लिएका छन् । अलराउन्डर ज्याक कालिसले दुई सय ९१ विकेट हात पारेका छन् । 
टेस्ट खेलमा श्रीलंकाका मुथैया मुरलीधरणले विश्व कीर्तिमानी रूपमा आठ सय विकेट लिएका छन् । उनीपछि अस्ट्रेलियाका सेन वार्नले सात सय आठ तथा भारतका अनिल कुम्बलेले ६ सय १९ विकेट लिएको रेकर्ड छ ।
टेस्ट खेलमा सर्वाधिक विकेट लिने बलरमा इंग्ल्यान्डका जेम्स एन्डरसन मात्र हाल सक्रिय खेलमा छन् । विश्वकै चौथो सर्वाधिक विकेट लिने बलरका रूपमा रहेका एन्डरसनले ६ सय ६ विकेट हात पारेका छन् । 
–एजेन्सीहरूको सहयोगमा 
 

ad
ad