मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ १३ मंगलबार ०८:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुम्लामा करिब १० लाख मूल्यकाे अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट

Read Time : < 1 मिनेट
२०७७ माघ १३ मंगलबार ०८:२४:००

नेपाल प्रहरीले हुम्लामा एक सय दश कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट गरेको छ ।  खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरीले एक सय दश कार्टुन अवैध चिनियाँ मदिरा गाउँ भित्र्याउने क्रममा छिप्रा पुलबाट बरामद गरेको हो । 

आज बिहान ३ बजेको समयमा गाउँ भित्र्याउने क्रममा मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । आज बरामद भएकाे मदिरा अहिलेसम्मकै ठूलो परिमाणको भएकाे  प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।

बरामद भएकाे अवैध चिनियाँ मदिरा ‘झनिगिन्टी’ जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएकाे छ । अवैध मदिरा भित्र्याउने व्यापारीलाई भने प्रहरीले सार्वजनिक गरेको छैन ।  

बरामद गरिएको चिनियाँ मदिराको नेपाली मूल्य करिब १० लाख ४० हजार पर्ने प्रहरीले जनाएको छ । गाउँमा मात्रै नभई अवैध चिनियाँ मदिरा सदरमुकाम सिमकोटमा पनि भित्रिएको स्राेतले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखिएको जनाएको छ ।