मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ १२ सोमबार ११:१७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाल टेलिकमको लाखौँ रुपैयाँबराबरको सामान डकैती गर्ने चारजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ माघ १२ सोमबार ११:१७:००

जिल्ला प्रहरी कार्यालय सप्तरीले नेपाल टेलिकमको बिटिएस साइट (टावर)मा लाखौँ रुपैयाँबराबरको सामान डकैती गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिप्रकाले डकैती कार्यमा संलग्न सिराहाको लाहान नगरपालिका–१३, सरस्वती टोलका २२ वर्षीय राकेश यादव, सोही नगरपालिका–३, ढगराहाका ३५ वर्षीय सूर्यनारायण महतो, सोही वडाका ३५ वर्षकै पवन जैसवाल र गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दीपक अग्रवाललाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ परेकामध्ये यादवले टेलिकमकै कर्मचारी हुँ भन्दै पुस २३ गते बिहान सुरुंगा नगरपालिका–२, हर्दियामा रहेको नेपाल टेलिकमको जिएसएम टावरमा प्रयोग भएको करिब १० लाख मूल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केबल २५ मिटर लुटेको प्रहरीले जानकारी दिएको छ । अन्य तीनजना भने उनलाई ती सामानहरू निकाल्नेदेखि खरिद–बिक्री गर्नमा सहयोगी रहेको अनुसन्धानबाट खुल्न आएको एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।

घटनापछि टेलिकमबाट आएको निवेदनअनुसार अनुसन्धान गर्ने क्रममा सिसिटिभी, स्थानीयहरूको बयान र टेलिकमको सहयोगमा गत मंगलबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ना४ख ७२४६ नम्बरको मिनी ट्रक र ७ वटा ब्याट्री बरामद गरिएको तथा १७ वटा ब्याट्री भारततर्फ पठाइसकेको एसपी धमलाले जानकारी दिए ।
उनीहरूमाथि डाँकासम्बन्धी मुद्दामा १० दिनको म्याद थप गराई अनुसन्धान भइरहेको जनाएको छ ।