१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १० शनिबार २२:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शनिबार दिनभरका मुख्य खबर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १० शनिबार २२:००:००

सामाजिक सञ्जालमा नअल्मलिँदा तपाईंमा तत्काल देखिन्छ यस्ता १० परिवर्तन 

सामाजिक सञ्जाल परिवार, साथीभाइ, आफन्त, नातागोता, सहयोगी र प्रेमीप्रेमिकासँग निरन्तर सम्पर्कमा रहने एउटा छुट्याउनै नसकिने माध्यम बनिसकेको छ । तर, दुर्भाग्यवश पछिल्लो समयमा अधिकांश मानिसले सामाजिक सञ्जाललाई लाइक बढाउने टुल्स, फोटो र भावना सेयर गर्ने माध्यम र खाएको खानाको फोटो देखाउने भित्तोका रूपमा प्रयोग गर्न थालेको छ । सामाजिक मिडियालाई यसरी असामाजिक बनाइँदा मानिसहरूले आफ्ना परिवार, पेसा रोजगारी र अन्य करिअर विकासमा गर्नैपर्ने काम भने छाडिरहेका छन् । यहाँ यस्ता १० परिवर्तका बारेमा चर्चा गरिएको छ जुन सामाजिक सञ्जालबाट बाहिरिएपछि मात्रै प्राप्त हुन्छ । 

अझै पनि थर लेख्नै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन

काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता बनाउँदा कर्मचारीले थर राखिदिएनन्, अहिले उनले थर राखेर नागरिकता बनाउन पाइन्छ भन्ने थाहा पाए । तर, जति प्रयास गर्दा पनि थर राख्न पाएनन् ।

मलेसियाबाट १७ नेपालीको शव र पाँच अस्तु स्वदेश ल्याइयो (फोटोफिचर)

मजदुरीका लागि मलेसिया गएका र विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल ल्याइएको छ । शव ल्याउन नसकिएका पाँचजनाको भने अस्तु ल्याइएको छ ।

पूर्वजनमुक्ति सेनाका कमान्डरहरूलाई ओलीले भने– नेतृत्वबाट विगतमा जस्तो धोका पाउनु हुनेछैन

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमान्डरहरूलाई नेतृत्वबाट विगतमा जस्तो धोका नहुने बताएका छन् । बालुवाटारमा आयोजित भेटघाटका क्रममा सम्बोधन गर्दै ओलीले राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्ने बताएका छन् । 

याे पनि पढ्नुस्

 

संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न मिल्दैन : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने बताएका छन् । शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको प्रतिनिधिसभा विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तर्क्रिया कार्यक्रममा उनले वकिलहरू कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यावसायिक धर्म भनी जान नमिल्ने बताए ।

अथाह सम्पत्तिका मालिक पनि हुन् उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन

एसियाली राष्ट्र उत्तर कोरिया बाँकी विश्वका लागि अझै पनि अपरिचितजस्तै छ । उत्तर कोरिया अरू देशजस्तो खुला छैन । तानाशाही शासन व्यवस्थामा चलिरहेको उत्तर कोरियाले सञ्चारकामाध्यमदेखि सबै कुरा नियन्त्रणमा राख्ने गरेको छ । जनतालाई निकै कम सुविधा र स्वतन्त्रता दिएका उत्तर कोरियाली शासक किम जोङ उन भने विश्वकै महँगा चिजको भोग गरिरहेका छन् । हेर्नुहोस् उनीसँग भएका १० महँगा सम्पत्ति :

असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेस कुनै हालतमा चुनावमा जाँदैन : रामचन्द्र पौडेल 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी भएकाले नसच्चिएसम्म कांग्रेस कुनै हालतमा चुनावमा जान नसक्ने बताएका छन् । शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै पौडेलले ओलीको कदम प्रतिगमनकारी भएकाले कांग्रेसले प्रस्ट रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संघर्ष थाल्ने बताए । उनले कांग्रेस संविधानले प्रदान गरेको कानुनको हकअनुसारको चुनावमा मात्र भाग लिने, तर कसैको लहडमा गरेको राष्ट्रघाती कदमलाई साथ दिन चुनावमा नजाने स्पष्ट पारे । 

पिसाब फेर्न जंगल पसेका पुरुषलाई बाघले लगेको आशंकामा खोजी सुरु  

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगन्ज सडकखण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई आक्रमण गरी जंगलतर्फ लगेको आशंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ । अमलेखगन्जबाट करिब १ किलोमीटर दक्षिणतर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंकामा अहिले निकुञ्जले चारवटा हात्तीको प्रयोग गरी खोजी सुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादवले जानकारी दिए ।

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक– प्रधानमन्त्री जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्दै गएको वेला प्रधानमन्त्री जोनसनले यस्तो चेतावनी दिएका हुन् । प्रधानमन्त्री जोनसनले भनेका छन् कि यो भाइरस पहिलेको भन्दा धेरै नै खतरनाक छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा अझ बढी सुरक्षा मापदण्ड अपनाउनुपर्ने हुन्छ । शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो धारणा राखेका हुन् । उनले यो भाइरस पहिलोपटक गत महिना मात्र इंग्ल्यान्डकाे केन्टमा देखिएको बताए । 

भारतमा कोभिड–१९ बाट मृत्यु हुने एक लाख ५३ हजार नाघे 

भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक सय ५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणकै कारण यहाँ मृत्यु हुनेको संख्या एक लाख ५३ हजार एक सय८४ जना पुगेको छ । यहाँ कोरोना भाइरस संक्रमितको संख्या शुक्रबारसम्म एक करोड ६ लाख ३९ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा १४ हजार दुई सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । योसहित यहाँ कुल एक करोड ६ लाख ३९ हजार ६ सय ८४ जनामा संक्रमण पुष्टि भएको पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।