मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ९ शुक्रबार २१:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसका युवाले गरे सडकमै संसद् अधिवेशन, प्रतिगमनकारीलाई एक रुपैयाँ भिक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ९ शुक्रबार २१:५३:००

नेपाली कांग्रेसको युवा प्रचार नेटवर्कले प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै संसद्को अधिवेशन गरेको छ । 

युवाहरूले प्रतिगमनलाई भिक्षा भन्दै जनही एक रुपैयाँ जम्मा गरी सरकारलाई पठाएका छन् । ‘सरकारको खर्चको प्राथमिकता असंवैधानिक धरातलमा टेकेर चुनाव गराउनतर्फ छ, तर जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको कोरोना खोप किन्न सरकारसँग पैसा छैन, चन्दा मागिरहेको छ,’ नेटवर्कका सदस्य विकल राईले भने । 

युवाहरूले जनताको ७० वर्ष लामो संघर्षले बनाएको संविधान कुल्चेर संसद् विघटनको दुष्प्रयास गर्ने तपाईं कसरी नेपाली जनताको मान बन्न सक्नुहुन्छ ? तपाईंको प्राथमिकतामा के छ नागरिकको जीवन कि सत्ताको खेल ? भ्याक्सिन किन्न पैसा नभएको सरकारसँग चुनाव गराउने पैसा कहाँबाट आउँछ ? लगायत १६ प्रश्न गरेका थिए ।