१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक बस्दै, अविश्वासको प्रस्तावमाथि छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:५२:oo

बुधबार सातौँ अधिवेशन सुरु गरेसँगै स्थगित गरिएको बागमती प्रदेश सभा बैठक आज दिउँसो १ बजेबाट सुरु हुँदै छ । 
बुधबार सातौँ अधिवेशनको पहिलो बैठक सकिएलगत्तै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाएका हुन् । 

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूले तत्काल बैठक बोलाएर मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासमाथि छलफल अघि बढाउन आग्रह गरेपछि सभामुख श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री पौडलविरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुनेछ । १० पुसमा प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि छलफल सुरु गरिने भएपछि दलहरूले आन्तरिक तयारी सुरु गरेका छन् । विशेषगरी अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–नेपाल समूहले बैठकमा सरकारविरुद्ध चर्को आलोचनाका साथ प्रस्तुत हुने तयारी गरेको स्रोतले जनाएको छ ।
 

ad
ad