मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ ८ बिहीबार ०७:३३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनास्लु भ्रमण गर्ने पर्यटक घटे

Read Time : < 1 मिनेट
२०७७ माघ ८ बिहीबार ०७:३३:००

मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या घटेको छ । सन् २०२० मा ३ सय ७४ विदेशी मात्र मनास्लु संरक्षण क्षेत्रमा पुगेको एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए । सो क्षेत्रमा सन् २०१९ मा ७ हजार ५ सय ११ जना पर्यटकले भ्रमण गरेका थिए । 

कोभिडले फागुनयता लकडाउन हुँदा पर्यटक संख्या घटेको उनको भनाइ छ । चुमनुव्री गाउँपालिकाले कोभिड १९ को त्रासका कारणले मार्चदेखि जुलाईसम्म पर्यटक आगमनमा रोक लगाएको थियो । असोजदेखि मनास्लु पदमार्ग पर्यटकलाई खुला गरिएको लामाले बताए । पर्यटक आउने सिजनमै लकडाउन परेकाले संख्यामा कमी आएको एमक्याप प्रमुख लामा बताउँछन् । 

‘भिजिट नेपाल २०२०, स्याक्या महोत्सवलगायतका प्रोग्राम भएकाले पनि करिब आठ हजार पर्यटक आउने अनुमान गरेका थियौँ, ठ्क्याकै उल्टो भयो,’ लामाले भने, ‘पर्यटक आउने मेन सिजन भनेकै अक्टोबर, नोभेम्बर हो, त्यही वेला लकडाउन भयो, पर्यटकहरू आउन पाएनन् ।’ सन २०१९ को तुलनामा २०२० मा मनास्लु संरक्षण पुग्ने पर्यटक ९५ प्रतिशत घटेको उनले बताए । मनास्लु हिमाल आरोहण, लार्केपास, अहिंसा क्षेत्र चुमभ्यालीलगायत रमणीय ठाउँको अवलोकन गर्न पर्यटक मनास्लु संरक्षण क्षेत्र पुग्ने गर्छन् । 

मनास्लु संरक्षण क्षेत्रमा पुग्ने पर्यटकको संख्या घटेसँगै यसको असर राजस्वमा समेत परेको छ । ‘मनास्लु संरक्षण क्षेत्र प्रवेशका लागि सन् २०१९ मा २ करोड १० लाख रुपैयाँ उठेको थियो, तर सन २०२० मा कोभिडका कारण पर्यटकहरूको आगमन रोकिँदा ११ लाख रुपैयाँ मात्र उठ्यो,’ उनले भने । अघिल्लो वर्षको तुलनामा २ करोड राजस्व घाटा लागेको छ । राष्ट्रिय प्राकृतिक संरक्षण कोषले मनास्लु संरक्षण क्षेत्र प्रवेश गर्नका लागि सार्क मुलकका नागरिकलाई १ हजार र अन्य मुलुकका नागरिकहरूलाई ३ हजार प्रवेश शुल्कबापत लिने गरेको छ ।