मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण थापा सर्लाही
२०७७ माघ ३ शनिबार १९:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजेन्द्र महतोको दाबी– प्रधानमन्त्री ओलीले संविधानको चिरहरण, लोकतन्त्र र गणतन्त्रको अपहरण गरे

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ माघ ३ शनिबार १९:२४:००

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीले संविधानको चिरहरण गरेको दाबी गरेका छन् । जसपाले शनिबार मलंगवामा आयोजना गरेको विरोधसभामा महतोले तानाशाही बन्दै संविधानमा हुँदै नभएको धारा प्रयोग गरेर ठूलो बलिदानीबाट प्राप्त लोकतन्त्र र गणतन्त्रको अपहरण गरेको आरोप लगाए । 


ओली सरकारलाई संविधान नचाहिएको र ओली संविधानको भक्षक बनेको महतोको जिकिर छ । महतोले प्रधानमन्त्री ओलीले मधेसी जनताको अधिकार प्राप्त गरेको देख्न नचाएको समेत बताए । आफूहरूले पहिलेदेखिनै ओलीले गोली चलाएर ल्याएको संविधान धेरै समय नटिक्ने बताउँदै उनले तीन वर्षमै संविधानको घाँटी निमोठ्ने काम गरेको उनको भनाइ छ । 

महतोले भारतसँग जोडिएको सिमानाका यथाशीघ्र सञ्चालनमा ल्याउन पनि आग्रह गरे । भारतसँगको रोटीबेटीको सम्बन्धमा खलल पुगेको भन्दै उनले सीमानाका खुला गर्न पटक–पटक आग्रह गरेका थिए ।

सभालाई सम्बोधन गर्दै जसपा केन्द्रीय नेता महेन्द्र राय यादवले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका कारण विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापना हुनेमा जसपा विश्वस्त रहेको बताए ।

पार्टीको केन्द्रीय निर्णयबमोजिम प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध प्रदर्शन गरिएको पार्टीमा नेता एवं जिल्ला समन्वय समिति सभापति मैथुर चौधरीले जानकारी दिए ।