१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका विरेन्द्रनगर
२०७७ पौष २६ आइतबार २१:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप, दुई विद्यार्थी घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विरेन्द्रनगर
२०७७ पौष २६ आइतबार २१:०७:००

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच आइतबार साँझ झडप भएको छ । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ साढे सात बजे झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् ।

प्रहरीको लाठीबाट स्ववियु सदस्य रोशन बस्नेत र तर्कबहादुर शाही घाइते भएका छन् । स्ववियु सभापति झक्कु शाहीले ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीमाथि उपकुलपतिको निर्देशनमा प्रहरीले कुटपिट गर्नुका साथै अश्रुग्यास प्रहार गरेको बताए ।

उनका अनुसार आइतबार बिहान ११ बजे विद्यार्थीहरू ज्ञापनपत्र बुझाउन केन्द्रीय कार्यालय पुगेका थिए । इन्जिनियरिङ संकायका विद्यार्थीहरू मौका परीक्षा दिन पाउनुपर्ने, नियमित कक्षा सञ्चालन गर्नुपर्नेलगायतका मागसहितको ज्ञापनपत्र बुझाउन गएका थिए । ज्ञापनपत्र बुझ्न नमानेपछि गेटमै धर्नामा बसेका विद्यार्थीहरू हटाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको थियो ।

प्रहरीले भने उपकुलपतिसहित कर्मचारीहरूलाई विद्यार्थीले केन्द्रीय भवनमै थुनेपछि भिड नियन्त्रण गर्नका लागि सामान्य बल प्रयोग गरेको बताएको छ ।