१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनको विरोधमा बयलगाडा र्‍याली [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:४७:oo

प्रतिनिधिसभा विघटनकाे विरोधमा धनगढीमा बयलगाडा र्‍याली निकालिएको छ । नेकपा प्रचण्ड–नेपाल समूहनिकट अनेरास्ववियुले बलयलगाडा र्‍याली निकालेकाे हाे  

गणतन्त्र स्थापनाका लागि ०६२/६३ भएको जनआन्दोलनमा ओलीले ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाढा चढेर अमरेरिका पुग्नुजस्तै हो’ भन्ने टिप्पणी गरेका थिए । ओलीले जनआन्दोलन अर्थहीन रहेको भन्ने सन्दर्भमा त्यतिवेला भनेको उक्त भनाइलाई व्यंग्य गर्न बयलगाडा प्रदर्शन गरेको अनेरास्ववियुले जनाएको छ ।

‘जनआन्दोलन चर्कंदै जाँदा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानुजस्तै हाे भन्ने ओलीले नेपालमा गणतन्त्र चाहेका थिएनन् । त्यसैले उनी प्रधानमन्त्री भएपछि अहिले गणतन्त्र, संघीयता र संविधान नै समाप्त पार्ने खेलमा लागेका छन्,’ अनेरास्ववियुका नेता रमेश भट्टराईले भने, ‘संसद् विघटन त्यसैको एउटा कदम हो ।’

प्रधानमन्त्रीले गणतन्त्र, संघीयता नचाहेको विगतका उनका भनाइ र व्यवहारबाट समेत देखिएको भन्दै भट्टराईले व्यंग्यात्मक रूपमा बयलगाडा प्रदर्शन गरिएको बताए।   
  
प्रदर्शनपछि धनगढी पार्कमोडमा आयोजित कोणसभामा तत्कालीन अनेरास्ववियु नेता सुरेन्द्र बस्नेतले संसद् विघटनजस्ता प्रतिगामी कदमका विरुद्ध उभिन विद्यार्थीलाई आह्वान गरे । संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले भष्मासुर प्रवृत्ति देखाएको बस्नेतले बताए । 

गणतन्त्रको पक्षमा उभिने कि प्रतिगमनलाई साथ दिने भन्ने अहिलेको मूल विषय भएको उल्लेख गर्दै उनले भने, ‘संसद् विघटन संविधानविपरीत छ । प्रधानमन्त्री  होइन, उनका पश्चगामी कदममा साथ दिनेहरू पनि समाप्त हुनेछन् ।’ कोणसभालाई विद्यार्थी नेता सुदेश पराजुली, दिलबहादुर थापालगायतले सम्बोधन गरेका थिए । 

 

 

ad
ad