
नाइजेरियामा भएको सवारीसाधन दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसारमा नाइजेरियाको मध्यभागका दुई ठूला राजमार्गमा बुधबार सवारी दुर्घटना भएको थियो ।
नाइजेरियाको लोकोजा कागी राज्यमा बुधबार बिहान भएको दुर्घटनामा १४ जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परी ज्यान गुमाउनेमा ११ जना महिला र तीन पुरुष छन् । दुर्घटनामा परी अरू कैयौँ व्यक्ति घाइते भएका छन् ।
त्यसैगरी काबा क्षेत्रमा भएको दुर्घटनामा आठजना यात्रुको निधन भएको छ । यस दुर्घटनामा अरू २६ जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।