
नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली पश्चगमन, गणतन्त्र र संघीयताविरोधीको प्रतिनिधि पात्र बनेको आरोप लगाएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा नेता भट्टराईले यस्तो आरोप लगाएका हुन् ।
सो क्रममा उनले पूर्वएमाले र पूर्वमाओवादी ध्रुवीकृत हुने कुराले मुलुकलाई शान्तिसम्झौताअगाडिको द्वन्द्वको अवस्थामा पुऱ्याउने र समाजलाई पछाडि धकेल्ने बताए । यस्तै उनले प्रदेश विघटन र संकटकाल घोषणा गरिए लोकतान्त्रिक अधिकार कुण्ठित हुने र तत्कालीन राजा ज्ञानेन्द्र शाह प्रवृत्तिको पुनरावृत्ति हुने खतरा पनि औँल्याएका छन् ।