मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ पौष २० सोमबार १७:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ढुंगा खसेपछि कर्णाली राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
२०७७ पौष २० सोमबार १७:३४:००

गएरातिदेखि परेकाे हिमपातसँगै वर्षातका कारण सडकमा ढुंगा खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको बालिघाटस्थित कर्णाली राजमार्गमा ठूलो ढुंगा खसेपछि सडक अवरुद्ध भएको हो ।

सडकमा ढुंगा खसेपछि सवारी आवतजावतमा समस्या भएको बालिघाटस्थित छाप्रे प्रहरी चौकीका असइ खगिराम थारू मगरले जानकारी दिए ।

वर्षातका कारण सडकमाथिबाट खसेको ठूलो ढुंगाले सडक अवरुद्ध हुनुका साथै  एक स्थानीयको घरसमेत भत्किएको छ । तर, घर भत्किँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 
सडक अवरुद्ध हुँदा जुम्ला–सुर्खेत र सुर्खेत–जुम्ला आउने–जाने ठूला तथा साना सवारीसाधन अलपत्र परेका छन् । 

ढुंगा पन्छाएर सडक सुचारु गर्न आवश्यक मेसिनसहित जनशक्ति बालिघाटतर्फ पठाएको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । भण्डारीलले भने, ‘कर्णाली राजमार्गका भिरपाखामा अधिकांश समय सुक्खा पहिरो गइरहने भएकाले पनि हामी तयारी अवस्थामा हुन्छाैँ । मेसिनसहित जनशक्ति गइसकेकाले केही घन्टामा राजमार्ग खुल्छ ।’