मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १९ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १९ आइतबार o७:२१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ उचाइमा नेप्से : साताभरको कारोबारमा ३४ प्रतिशतले कमी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १९ आइतबार o७:२१:oo

गत साता नेप्सेले सर्वाधिक उचाइको नयाँ बिन्दु फेला पारेको छ । नेप्सेले २ हजार ८७ मा नयाँ उचाइ बनाएको हो । नेप्से साताभरमा २ दशमलव ३८ प्रतिशत अर्थात् ४८ अंकले वृद्धि भएको हो । गत साता नेप्से २ हजार १ सय १२ बिन्दुसम्म पुगेर ओर्लिएको हो ।  

होटेल, जीवन, निर्जीवन बिमा, जलविद्युत् र विकास बैंक समूहमा बाहेक सबै समूह सातागत आधारमा बढेको छ । होटेल, जीवन बिमा, निर्जीवन बिमालगायतमा भइरहेको लगानी उच्चदरमा कटौती भएको छ । नेप्से सर्वाधिक उचाइमा पुगेसँगै यी क्षेत्रमा लगानी कम भएको देखिएको हो ।  गत साता दैनिक औसत कारोबार रकममा ३४ प्रतिशतले कटौती भएर ४ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ । उत्पादनमूलक र व्यापारमूलक समूहमा मात्रै लगानी २७ देखि २ सय ४५ प्रतिशतसम्म वृद्धि भएको छ ।

गत साता साधारण सेयरमा साल्ट ट्रेडिङ कम्पनीको सबैभन्दा अधिक करिब १९ प्रतिशतले मूल्य बढेको छ । सेयर समायोजनका कारण नागरिक लगानी कोषको मूल्य ३२ दशमलव ७५ प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा एनएलआइसी, नबिल बैंक अग्रस्थानमा छन् । नेप्से उच्च बिन्दुमा आएको र लगभग साइडवेज मुभमेन्ट (निश्चित अंकबीच) प्रवृत्तिलाई बुलिस बनेर टुंग्याउने प्रयासमा देखिएको छ । 

नेप्सेको मैनबत्ती चित्रले भने लगानीकर्ताबीच अन्तिम दिन उच्च मोलमोलाइ चलेको, माथिसम्म जान खोजेको बजारमा तल तान्ने पक्ष बलियो भएको संकेत गरिरहेको छ । अन्तिम दिन बनेको सुटिङ स्टार डोजी आकृतिले बजारलाई लिएर लगानीकर्ता अन्योलमै रहेको संकेत गर्छ । लगानीकर्ताले स्पष्ट संकेत पर्खनु सही हुन्छ । नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखामा ७ दिने रेखा अझै माथि रहेर दूरी बढाउन लागिरहेको छ । यसले बजार बुलिस प्रवृत्तिमै रहन सक्ने संकेत गरिरहेको छ । 

गत साता गुराँस लाइफको ९ लाख ८५ हजार कित्ता सेयर सूचीकरण भएको छ । कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा शुक्रबार प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर सूचीकरण भएको छ । कम्पनीको आइतबार पहिलो कारोबार गर्न सकिनेछ । पहिलो कारोबारका लागि १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसा मूल्य रेन्ज पाएको छ ।