१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १७ शुक्रबार
  • Friday, 04 July, 2025
रासस काठमाडाैं
२o७७ पौष १७ शुक्रबार १२:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

Read Time : < 1 मिनेट
रासस काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o७७ पौष १७ शुक्रबार १२:३३:oo

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी ‘बिगबास लिग’मा यस सिजनको पहिलो खेल शनिबार खेल्ने भएका छन्। 

चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि उनले पहिलो खेल पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन्। 

लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। 

होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको संक्रमणका कारण यस यामका सुरुवातका ६ खेल गुमाएका थिए। 

नेपालमै छँदै कोरोना संक्रमण भएपछि लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भयो । जसले गर्दा उनले प्रारम्भका ६ खेल खेल्न पाएनन् । 

बुधबार मात्रै उनी क्वारेन्टिनमुक्त भएका छन् । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका ६ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा छ । 

बिगबास खेल्न लामिछाने गत ३० मंसिरमा अष्ट्रेलिया गएका थिए ।  लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुने बताइएको छ । उनले तेस्रोपटक बिगबास लिग खेल्न थालेका हुन् । 

लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए । अघिल्ला दुई याममा उनले कुल २० खेल खेल्दै २६ विकेट लिएका थिए ।