१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस/सिन्ह्वा एडेन
२०७७ पौष १६ बिहीबार १५:१९:००
Read Time : < 1 मिनेट
विश्व

यमनको विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा एडेन
२०७७ पौष १६ बिहीबार १५:१९:००

दक्षिणी यमनस्थित एडेनको विमानस्थलमा भएका तीनवटा विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ ।  एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन विमानस्थलमा भएका विस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरू ५० जना घाइते भएको उल्लेख छ । 

सरकारी अधिकारीहरूलाई विमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी विस्फोट गराइएको मन्त्रालयको भनाइ छ । यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले विस्फोटका लागि हुथी विद्रोहीहरू जिम्मेवार रहेको आरोप लगाएका छन् ।

राष्ट्रपति हादीले विमानस्थलमा भएको विस्फोटबारे छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गरेका छन् । यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विमानस्थलमा भएको विस्फोटमा परेर आफ्ना एकजना कर्मचारीको पनि मृत्यु भएको जनाएको छ । 

खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ ।