१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १४ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १४ मंगलबार o७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

साकेला साहित्य महोत्सव सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १४ मंगलबार o७:२२:oo

उधौली साकेलाको अवसरमा आयोजित ‘साकेला साहित्य महोत्सव’ सम्पन्न भएको छ । दुईदिने महोत्सवमा कवि भूपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’ र आख्यानकार राजन मुकारुङले ‘साहित्यमा आदिवासी साहित्यकारहरूको भूमिका’माथि चर्चा गरेका थिए । भोगिराज चाम्लिङले ‘साकेलाको गरिमा’ र प्रकाश राईले ‘जनगणनामा जनसंख्याको राजनीति’ विषयमा परिचर्चा गरेका थिए । 

सो अवसरमा ‘साकेला साहित्य महोत्सव’ कविता प्रतियोगिता पनि भएको थियो । ५७ वटा कविताबाट हाल जापान रहेका कवि विमन किराती प्रथम र सिन्धुपाल्चोकका कवि सबु किरण दोस्रो भए ।

त्यस्तै, दक्षिण कोरिया रहेकी कवि शकुन आँसु तेस्रो, खोटाङका प्रयास दुमी राई, सोलुखुम्बुका देव समिप र मोरङका योङहाङ प्रदीप लिम्बुले संयुक्त रूपमा सान्त्वना पुरस्कार जितेका छन् । विजयी कविहरूले क्रमशः २० हजार, १५ हजार, दश हजार र पाँच–पाँच हजार रुपैयाँ तथा चाँदीको मेडल, पुस्तक उपहार, प्रमाणपत्र प्राप्त गर्ने किरात राई लेखक संघका उपाध्यक्ष बलिराज खम्बुले जानकारी दिए ।

ad
ad
ad
ad